सेयर बजार २१ सय विन्दुबाट पनि तल ओर्लिएको छ। आज ३१.४९ अंकले घटेर बजार २१ सय तल झरेको हो।
बजार घट्दा कारोबार समेत खुम्चिएको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३६ करोडमा खुम्चिएको छ।
गत साता मंगलबार कारोबार अवधिमा २२१५.५४ विन्दु पुगेर फर्किएको बजारले बिक्रीको चाप थेग्न नसक्दा निरन्तर चार कारोबार दिन घट्न पुग्यो। पछिल्लो चार कारोबार दिनयता नेप्से निरन्तर घटेर २०९८.६९ विन्दुमा अडिएको हो।
लगानीकर्ताले २२ सयको विन्दुलाई मनोवैज्ञानिक रुपमा लिएकाले यस विन्दु नजिक पुग्दा बिक्रीको दबाब आउने क्रमले निरन्तरता पाएको छ।
आज कारोबारमा आएका ३६ कम्पनीको सेयरमूल्य बढ्दा २०९ कम्पनीको घटेको छ।
आज बजारमा अपर स्याङे हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
त्यसैगरी, आज हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक किनबेच भएको छ। आज कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
Shares

प्रतिक्रिया