ad ad

कारोबार


अपार्टमेन्टको बिक्री घट्यो, एक महिनामा २५ वटा मात्रै बिक्यो

अपार्टमेन्टको बिक्री घट्यो, एक महिनामा २५ वटा मात्रै बिक्यो

नेपालखबर
फागुन २, २०८० बुधबार १३:५२, काठमाडौँ

एक महिनामा २५ वटा मात्रै अपर्टमेन्ट खरिदबिक्री भएका छन्। नयाँ अपार्टमेन्ट योजना कम हुँदा २५ वटा मात्रै बिक्री भएका हुन्। 

भूमि सुधार तथा मालपोत कार्यालय लगनखेलबाट सबैभन्दा बढी कारोबार भएका छन्। लगनखेलबाट ९, डिल्लीबजार कार्यालयबाट ६, चाबहिल कार्यालयबाट ३, कलंकी कार्यालयबाट ४, टोखा कार्यालयबाट १ वटा कारोबार भएका छन्। 

काठमाडौंबाहिर मालपोत कार्यालय कास्कीबाट २ वटा भएका छन्। पछिल्लो समय काठमाडौं उपत्यकासँगै पोखरा, रुपन्देहीमा अपार्टमेन्ट बनि रहेका छन्। 

पुसमा २८ वटा अपार्टमेन्ट लिखित पारित भएका थिए। जसमा सबैभन्दा बढी ललितपुर लगनखेल कार्यालयबाट ११ कारोबार भए। कास्कीबाट ३ वटा कारोबार भएका थिए। चालू आर्थिक वर्ष साउनमा ३० वटा कारोबार भएका थिए। 

गत आर्थिक वर्ष माघमा २२ वटा मात्रै अपार्टमेन्ट खरिदबिक्री भए। २०७८ माघमा ३२ वटा कारोबार भएका थिए। २०७७ माघमा ६४ वटा अपार्टमेन्ट खरिदबिक्री भएका थिए। 

माघ महिनामा लिखित पारित ५० हजार ९२१ वटा भएका छन्। यो चालू आर्थिक वर्षमा सबैभन्दा बढी कारोबार भएको हो। माघ महिनामा राजस्व संकलन ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .