कारोबार


प्राधिकरण अध्यक्षको लागि आवेदकको अन्तर्वार्ता बुधबारबाट, कुन दिन कसको?

प्राधिकरण अध्यक्षको लागि आवेदकको अन्तर्वार्ता बुधबारबाट, कुन दिन कसको?

नेपालखबर
फागुन २, २०८० बुधबार १६:४२, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको आवदेकको अन्तर्वार्ता बुधबारबाट हुँदै छ। २ देखि ५ गतेसम्म व्यावसायिक कार्ययोजना र अन्तर्वार्ता हुन लागेको हो। 

माघ १४ गते प्रकाशित सूचनाअनुसार आवेदन दिएका २५ मध्ये फागुन २ गते मैनजर प्रसाद साह कानु, रोहित रौनियार र इन्जिनियर देवनारायण यादवको अन्तर्वार्ता हुँदै छ। 

फागुन ३ गते सुरेश कुमार कार्की, प्रकाश बराल, नगेन्द्र कुमार दास, डा. नन्दविक्राम अधिकारी, माधव प्रसाद रेग्मी र सागरनाथ उपाध्यायको आफ्नो व्यावसायिक प्रस्तुतिसँगै अन्तर्वार्ता दिने छ। 

फागुन ४ गते ७ जनाकै अन्तर्वार्ता र प्रस्तुति रहनेछ। डोलिन्द्र प्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नविन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डितले छनोट समितिसमक्ष आफ्नो प्रस्तुति दिनेछन्। 

फागुन ५ गते अनिल झा, डा. दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भुपेन्द्र भण्डारी, पंकजकुमार दास, गोकर्ण प्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमल प्रसाद खनालको अन्तर्वार्ता हुँदै छ। 

सञ्चार सचिव रामकृष्ण सुवेदी नेतृत्वको छनोट समितिले अन्तर्वार्ता र प्रस्तुतिको मूल्यांकन गरी ३ जनाको नाम मन्त्री रेखा शर्मालाई बुझाउनेछ। मन्त्री शर्माले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि ३ जनाबाट एक जनाले प्राधिकरणको अध्यक्षको लागि नियुक्ति पाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .