ad ad

कारोबार


४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कसले कति कमाए?

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कसले कति कमाए?

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार १५:१४, काठमाडौँ

सेयरबजारमा आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

बोटलर्स नेपाल (बालाजु), हिमालयन ऊर्जा विकास, समाज लघुवित्त र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेको हो। 

योसँगै कम्पनीका लगानीकर्ताले क्रमशः १ हजार १ सय २६, ३०.५०, १७९.८० र १ हजार १ सय ९८ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

नेपाल स्टक एक्सचेन्जका अनुसार ती कम्पनीहरुको सेयर मूल्य क्रमशः १२ हजार ३९३, ३३५.५०, १ हजार ९७८ र १३ हजार १९४ रुपैयाँ पुगेको छ। 

बुधबारको कारोबारमा ८० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको र नौवटाको उही मूल्यमा कारोबार भएको छ। 

आज बजारमा कुल २ अर्ब २४ करोडको मात्र सेयर कारोबार भएको थियो। नेप्से सूचक ६.४६ अंकले घटेको दिन ६३ लाख कित्ता मात्र सेयर कारोबार हुँदा उक्त परिमाणको किनबेच भएको नेप्सेले जनाएको छ। 

आजको कारोबारमा लगानीकर्ताले ७.८४ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

सर्वाधिक कारोबारमा भने आज पनि हिमालयन रि नै अगाडि छ। कम्पनीको ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .