ad ad

कारोबार


व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज एक प्रतिशतले कम हुनुपर्ने

व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज एक प्रतिशतले कम हुनुपर्ने

नेपालखबर
फागुन १०, २०८० बिहिबार १३:१०, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर  सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने भएको छ।
 

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त (क), (ख), (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन÷परिमार्जन गरी सो व्यवस्था गरेको हो। 

अब बैंक तथा वित्तीय संस्थाले २०८० चैत १ देखि लागू हुने गरी संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर  सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्नेछ।

हालसम्म बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर  सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत विन्दुले कम गर्नुपर्ने व्यवस्था थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .