राजनीति


आम जनता पार्टीका उपमहासचिव कुशवाह एमालेमा प्रवेश

आम जनता पार्टीका उपमहासचिव कुशवाह एमालेमा प्रवेश

नेपालखबर
फागुन १०, २०८० बिहिबार १३:१३, काठमाडौँ

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का उपमहासचिव कुन्दन कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन्। 

मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य एवम् आजपाका उपमहासचिव कुन्दन कुशवाहसहित नेताहरू बिहिबार नेकपा एमालेमा प्रवेश गरेका हुन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा कुशवाहसहित आजपाका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुवे र सुरेन्द्रप्रसाद चौधरी एमालेमा प्रवेश गरे।

उनीहरू सबैजनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा एक कार्यक्रम आयोजना गरेर स्वागत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .