सुदूरपश्चिम


फार्मभित्रै छिरेर कुकुरले मारे ६०० कुखुरा

फार्मभित्रै छिरेर कुकुरले मारे ६०० कुखुरा

नेपालखबर
फागुन १०, २०८० बिहिबार १३:१४, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११, अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका कुखुरा मारेका छन्। 

आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अन्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको हो।

कुकुरको टोकाइबाट सयभन्दा बढी कुखुरा घाइते भएका छन्।

‘बैंकबाट रु १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अन्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भनिन्, ‘दैनिक कुखुराले चार पेटी जति अन्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठूलो नोक्सानी बेहोर्न बाध्य भएका छौँ।’

फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन्।

फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी  कुकुरलाई भगाउन सकिएको उनले बताइन्। वडाध्यक्षको रोहबरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ। नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए। 

‘पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ’, उनले भने, ‘धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन्।’

नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ। कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन आग्रह गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .