कारोबार


अमेरिकी डलर र कुबेती दिनारको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको बढ्यो (हेर्नुहोस् सूची)

अमेरिकी डलर र कुबेती दिनारको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको बढ्यो (हेर्नुहोस् सूची)

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ५:२९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर र कुबेती दिनारको मूल्य घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरै विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४८ र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो  बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९७ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .