सेयरबजार बिहीबार २८.६८ अंकले घटेको छ।
नेप्से उक्त अंकले घटेर १९७२.०९ विन्दुमा झरेको हो।
साताको अन्तिम दिन १.४३ प्रतिशतले घटेको बजारमा २ अर्ब ५९ करोडको कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा बढी हो।
आजको कारोबारमा १७ कम्पनीका लगानीकर्ताले कमाउँदा २२० कम्पनीका सेयरधनीले गुमाएका छन्। ११ कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशतले र मनकामना स्मार्ट लघुवित्तको ९.८६ प्रतिशतले सेयर बढे पनि अन्य लगानीकर्ताले खासै कमाउन सकेका छैनन्।
यता जोशी हाइड्रोपावरको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। यसबाहेक अपर स्याङे र मौलुङ हाइड्रोका लगानीकर्ताले पनि धेरै गुमाएका छन्।
आज पनि सोनापुर मिनरल्सको सर्वाधिक ११ करोडको कारोबार भएको छ।
दिनभरिमा ४८ हजार ३ सय ४९ पटक सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
Shares
प्रतिक्रिया