कारोबार


गभर्नरले भने– केही साथी पक्राउ परे भन्दैमा बैंकरहरु आतंकित हुनुपर्दैन

गभर्नरले भने– केही साथी पक्राउ परे भन्दैमा बैंकरहरु आतंकित हुनुपर्दैन

गभर्नर महाप्रसाद अधिकारी (फाइल तस्बिर)


नेपालखबर
फागुन २०, २०८० आइतबार १६:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकर पक्राउ पर्दैमा नआत्तिन बैंकरहरुलाई आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए। 

बैंकर्स दोषी ठहर नभए बाहिर आउने र दोषी भए कानूनअनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे। 

‘बैंकर्सहरु आत्तिनुपर्दैन। सबैले छानविनमा सहयोग गर्न आवश्यक छ । कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ’, उनले भने, ‘गल्ति गर्नुभएको भए कानूनअनुसारको सजाय भोग्नुपर्छ। बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन।’ 

सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानबिनमा सहयोग गर्नु कर्तव्य भएको उनको भनाइ छ। 

‘यति मात्रै हो गल्ती नगर्ने फस्नुभएन गल्ती गर्नेले सजाय पाउनुपर्छ। बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने हो’, उनले थपे, ‘स्रोतको दुरुपयोग हुने गरी रकम चलाउनु भएन । त्यही कारणले छानविनलाई सबैले सहयोग गर्नुपर्छ। थप आंतकित कोही कसैलाई पार्नु हुँदैन।’

गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताए। 

उनले केन्द्रीय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए। 

उनले राष्ट्र बैंकले बैंकमा भएरको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .