ad ad

कारोबार


निजामती सेवा विधेयक संसदमा दर्ता, अतिरिक्त सचिव राखिएन, अवकाश उमेर २ वर्ष थप

निजामती सेवा विधेयक संसदमा दर्ता, अतिरिक्त सचिव राखिएन, अवकाश उमेर २ वर्ष थप

नेपालखबर
फागुन २१, २०८० सोमबार १७:१३, काठमाडौँ

संघीय संसद्को सचिवालयले निजामती सेवा विधेयक दर्ता गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद सचिवालयमा कर्मचारीवृत्तमा बहुप्रतीक्षित विधेयक दर्ता गरेको हो। 

सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक दर्ता भएको नेपालखबरलाई जानकारी दिए। मन्त्रालयले मन्त्रिपरिषदबाट पास भएर आएको विधेयक संसदमा सोमबार दर्ता गरेको हो। 

मन्त्रालयले तयार गरेको मस्यौदामा मन्त्रिपरिषदबाट केही बुँदाहरु संशोधन गरिएका छन्। अब आवश्यक संशोधन गर्ने जिम्मेवारी संसदले पाएको छ। 

त्योसँगै संसदले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्नेछ। मन्त्रालयले मन्त्रिपरिषदमा यो विधेयक पठाउँदा विशिष्ट श्रेणीमा तीन तह राखेको थियो।

तेह्रौँ तह अतिरिक्त सचिव, चौधौँ तह सचिव र पन्ध्रौँ तहलाई मुख्य सचिवको रुपमा राखिएको थियो। मन्त्रिपरिषदले भने पुरानै व्यवस्था गर्दै सचिव र मुख्यसचिव मात्रै रहने गरी १३औँ र १४औँ तहको मात्रै व्यवस्था गरिदिएको छ। 

त्यस्तै कर्मचारीको अवकाश उमेर भने २ वर्ष थप गरेको छ। अहिलेसम्म निजामती कर्मचारीको ५८ वर्ष रहेकोमा अब भने ६० वर्ष उमेर रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .