ad ad

कारोबार


नेपालमा ३३ प्रतिशत घर ढुंगा-माटोका, २२ प्रतिशत पिलरसहितका

नेपालमा ३३ प्रतिशत घर ढुंगा-माटोका, २२ प्रतिशत पिलरसहितका

नेपालखबर
चैत ४, २०८० आइतबार १५:२७, काठमाडौँ

नेपालमा ३३ प्रतिशत घर माटो र ढुंगाका मात्रै रहेका छन्। १० वर्षमा सिमेन्ट प्रयोग गरी घर बढाउने बढेका छन्। 

राष्ट्रिय जनगणना २०७८ अनुसार २९.८ प्रतिशत घर सिमेन्ट जडित इँटा/ढुगा प्रयोग भएको छ भने २२ प्रतिशत घरको जग ढलान पिलरसहितका छन्। 

२०६८ र २०७८ जनगणनाको १० वर्षबीचको अवधिमा पिलर र आरसीसी ढलान गरेर बनेका घरको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ। २०६८ मा आरसीसी ढलान गरेको घर १८ प्रतिशत रहेकोमा २०७८ मा ३० प्रतिशत पुगेको छ। 

५२.२ प्रतिशत परिवारले घरको गारो सिमेन्ट जडित इँटा/ढुंगाबाट बनेको छ। ११.७ प्रतिशत घर बाँसजन्य सामाग्रीबाट बनेका छन्। 

८० प्रतिशत परिवारको घर जस्तापाता वा आरसीसी ढलान रहेका छन्। २०६८ जस्तापाता २८.८ रहेकोमा अहिले ४१.९ प्रतिशतले प्रयोग गरिरहेका छन्। आरसीसी ढलान भएका छत ०६८ मा २२.५ प्रतिशत रहेकोमा ३७.८ प्रतिशत पुगेको छ। 

घरको भुइँ ४७.३  सिमेन्टको र ४६.२ प्रतिशत माटोबाट बनेका रहेका छन्। करिब ३ प्रतिशत घरका भुइँमा सेरामिक टायल्स प्रयोग भएको छ। 

२०७८ को जनगणनामा घरको भौतिक संरचनाको जग, बाहिरी गारो, छाना र भुइँको बनावटको बारेमा विवरण संकलन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .