समाज


तेह्रथुमको फेदापमा भीषण आगलागी, कम्तीमा १९ घर जले

तेह्रथुमको फेदापमा भीषण आगलागी, कम्तीमा १९ घर जले

नेपालखबर
चैत ४, २०८० आइतबार १५:२६, काठमाडौँ

तेह्रथुमको फेदाप गाउँपालिकामा आइतबार दिउँसो भीषण आगलागी भएको छ। 

फेदाप गाउँपालिका-१ (साविकको सिम्ले -७) मयन्तापामा भीषण आगलागी हुँदा कम्तीमा १९ घर जलेका छन्।

अहिले उक्त स्थानमा आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुग्ने क्रममा छन्। 

फेदाप-१ का वडाअध्यक्ष मोहनबहादुर श्रेष्ठले आगलागीबाट ठूल ो क्षति भएको बताए। 

चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा मुस्किल परेको उनले बताए। 

नियन्त्रत्रणमा नआएकाले आगोबाट थप क्षति हुन सक्ने अवस्था रहेको श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .