ad ad

कारोबार


इजरायलमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ : मन्त्री अर्याल

इजरायलमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ :  मन्त्री अर्याल

नेपालखबर
चैत ६, २०८० मंगलबार २१:४८, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्नता नरहेको बताएका छन्।

उनले, इजरायलमा मेनपावरमार्फत् कामदार पठाउने विषयमा छानबिन थालेको बताए। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा ‘जी टु जी’ र ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाहेक कुनै तरिकाले कामदार पठाउने सम्झौता नभएको बताए। सो विषयमा छानबिनपछि मात्रै केही जवाफ दिने उनले बताए।

मन्त्री अर्यालले देशमा आन्तरिक रोजगारीको लागि छलफल अगाडि बढाइसकेको बताउँदै यसमा गम्भीर ध्यान गएको बताए। यसलाई घोषणा मात्रै सीमित नराखेर टाइमलाइन दिएर पहल गर्ने प्रयास गरेको मन्त्री अर्यालको भनाइ छ।

उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता रहन्छ। यसलाई कसरी लिएर जाने भनेर विचार गरिरहेका छौँ। यसलाई उत्कृष्ट बनाउनलाई सबैसँग सल्लाह सुझावको अपेक्षा गरेका छौँ।’

उनले सामाजिक सुरक्षामा करारको ४० हजार कर्मचारी आबद्ध गराउने विषयमा बहस चलिसकेको भन्दै त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .