कारोबार


नेपालमा डीप्पल एस०७ सार्वजनिक, सुरुवाती मूल्य ७१ लाख ९९ हजार

नेपालमा डीप्पल एस०७ सार्वजनिक, सुरुवाती मूल्य ७१ लाख ९९ हजार

नेपालखबर
चैत १८, २०८० आइतबार २०:२७, काठमाडौँ

एमएडब्लु वृद्धि अटोक्राफ्टले नेपालमा डीप्पल एस०७ सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी चांगनको विद्युतीय गाडी डीप्पल एस०७ सार्वजनिक गरेको हो।

नेपालका लागि चिनियाँ राजदूत चेन् सोङ, एमएडब्लुका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गाडी  सार्वजनिक गरेका हुन्।

राजदूत सोङले नेपालमा उत्पादित विद्युत खपत गर्न विद्युतीय गाडीले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

एमडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले ग्राहकलाई केन्द्रमा राखेर गाडी ल्याएको बताएका छन्।

एस७ मा ६६.८ किलोवाट आवरको ब्याट्रि रहेको छ। ९९ किलोवाटको मोटर र ३२० एनएम टर्क जेनेरेट गर्छ।

अन्तर्राष्ट्रिय बजारमा १६० किलोवाट र १९० किलोवाट क्षमताको मोटर उपलब्ध  छन्। नेपालमा १०० किलोवाट माथिका गाडीमा कर बढी लाग्ने भएकाले क्षमता घटाएर सार्वजनिक गरेको छ।

१४.२ किलोवाट आवरमा १०० किलोमिटरको रेन्ज दिन्छ। यसको टप स्पिड १८० किलोमिटरको छ। लग्जरियर्स सेगमेन्टमा गाडी उपलब्ध रहेको छ। ४ वटा ड्राइभभिङ मोडमा रहेको छ। चांगनको ६३ देशमा उपस्थिति रहेको छ।

गाडीको सुरुवाती मूल्य ७१ लाख ९९ हजार रूपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .