समाज


राशिफल चैत १९ : दिनको सुरुआत यसरी गर्नुस् हुनेछ फलिफाप

राशिफल चैत १९ : दिनको सुरुआत यसरी गर्नुस् हुनेछ फलिफाप

पण्डित नारायणप्रसाद दुलाल
चैत १९, २०८० सोमबार ४:४०, काठमाडौँ

आज सोमबार, १९ चैत २०८० (१ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सहयोगीहरूले साथ दिँदा काममा सोचेजस्तै सफलता मिल्नेछ। रमाइलो यात्रा, स्थानान्तरण र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। कसैकसैका लागि  सन्तान सुखको योग पनि छ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ७६, व्यापारमा ६१, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बाधा अप्ठेरा हटेर जानेछन्। आवेगमा लगानी गरेमा अनुत्पादक बन्ला।

वृष : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ४०, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गरेमा सिद्धि प्राप्त होला। उत्तर दिशाको यात्राले राम्रो फल दिँदैन।

मिथुन : धार्मिक कार्य सफल रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। प्रेम सम्बन्ध कसिलो होला।

भाग्यशाली रङ आकाशे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ८०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सबेरै भैरवजीको दर्शन गरेमा कार्यसिद्धि होला। हरियो रङको प्रयोग उपयुक्त छैन।

कर्कट : सहयोगीको साथले काममा सोचेजस्तै फल मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। सेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५४, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५० र शिक्षामा ८७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी फल मिल्नेछ। दक्षिण दिशाको यात्रामा सोचेजस्तो उपलब्धि हात लाग्दैन।

सिंह : आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाहअनुसार अघि बढ्दा सफलता हात लाग्नेछ। झुट चाहिँ नबोल्नु होला।

कन्या : दिन त्यति राम्रो देखिँदैन। दबाब र तनाव बढेको महसुस हुनेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। तर, सद्‌विचारले अभिप्रेरित हुनेहरूमा सबै कुरालाई व्यवस्थापन गर्दै लैजाने सामर्थ्य बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४३, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन कामको सुरुआत गर्नुपूर्व वृक्षारोपण गर्दा अधिक फल मिल्नेछ। खरानी रङको प्रयोग उपयुक्त छैन।

तुला : लामो समयदेखि रोकिएका काम पुरा हुनेछन्। पराक्रम बढ्नुका साथै धनलाभको योग छ। सामाजिक कार्यमारुचि  जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७८, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्य गर्नुपूर्व वृक्षारोपण गर्दा भविष्यसम्म लाभ हुनेछ। यात्रा खासै फलदायी छैन, तसर्थ भरिसक्के लामो यात्रा नगरेकै बेस।

वृश्चिक : शुभ चिन्तकले पूर्ण समर्थन गर्नेछन्। रोकिएका काम पुरा हुनेछन्। नयाँ सम्बन्ध जोडिन सक्छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। सेयर बजार र एजेन्टको काममा नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा कामको सिलसिलामा आइपर्ने बिघ्नबाधा हटेर जानेछन्। अखाद्य वस्तुको सेवन नगर्नु होला।

धनु : प्रियजनको सहयोगले कामबाट फाइदा लिन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। यात्रामा सावधानी अपनाउनु उचित हुन्छ।

भाग्यशाली रङ हरियो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा आर्थिक समस्याबाट मुक्ति पाइएला। तामसिक भोजन नगर्दा बेस।

मकर : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ। सामान हराउने योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझावअनुसार काम गर्दा अधिक सफलता मिल्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

कुम्भ : मित्रबाट विशेष सहयोग मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। सामाजिक कामको दायित्व बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६२, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा अर्थ-व्यवस्थाको समस्या हल गर्न सहज होला। गुलाबी रङको प्रयोग फाप्ने देखिँदैन।

मीन : प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ४७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .