कारोबार


काठमाडौँ र ललितपुरका यी २ फर्म परे विभागको कारबाहीमा

काठमाडौँ र ललितपुरका यी २ फर्म परे विभागको कारबाहीमा

नेपालखबर
साउन ५, २०८३ मंगलबार ६:३, काठमाडौँ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका दुई वटा फर्मलाई कारबाही गरेको छ। 

स्थलगत अनुगनका क्रममा कैफियत देखिएपछि ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ। 

त्यसैगरी काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई विभागले रु पाँच हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ। 

विभागले सोमबार १० वटा फर्ममा अनुमगन गरेको थियो। त्यसमध्ये आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। 

उपभोक्ता अधिकारकर्मीसहितको उपस्थितिमा विभागले नियमित अनुमगन गरेको उल्लेख गरेको छ।

व्यावसायिक फर्महरुको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad