कारोबार


सरकार लगानी सम्मेलनको तयारीमा, पूर्वप्रधानमन्त्री भन्छन्– विदेशीको मुख ताकेर विकास हुँदैन

सरकार लगानी सम्मेलनको तयारीमा, पूर्वप्रधानमन्त्री भन्छन्– विदेशीको मुख ताकेर विकास हुँदैन

नेपालखबर
चैत २८, २०८० बुधबार १३:३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विदेशीसँग मात्रै अपेक्षा गरेर देश विकसित हुन नसक्ने बताएका छन्। 

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

सरकारले वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दै छ। लगानी बोर्डदेखि अर्थ मन्त्रालयसम्म त्यसकै तयारीमा लागिरहेका छन्। 

‘हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ। हामी खालि विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौँ।’

उनले देश औद्योगीकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताए। 

देश औद्योगीकरण हुन नसक्नुको आधारभूत कारण खोज्न जरुरी रहेको उनको भनाइ छ। 

पूर्वप्रधानमन्त्री खनालले  आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताए। 

निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने उनको भनाइ छ। उनले राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .