ad ad

समाज


कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

नेपालखबर
चैत २८, २०८० बुधबार १३:०, कैलाली

कैलालीको गोदावरी नगरपालिका-३ दमौरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१००८ प २७४५नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी- ३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .