सेयरबजारमा बुधबार गिरावट आएको छ। बजार परिसूचक नेप्से १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा थामिएको हो।
आज बजारमा ८६ लाख ९६ हजार ९ सय १८ कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। योसँगै कुल ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँकाे खरिदबिक्री भएको छ।
आजको कारोबारमा ६३ वटा कम्पनीकाे सेयर मूल्य बढ्दा १७६ वटाको घटेको र ६ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज माण्डु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, गुराँस लघुवित्त, पिपल्स पावर र पोखरा फाइनान्सका लगानीकर्ताले धेरै कमाउँदा सिंगटी हाइड्रोपावर, विन नेपाल लघुवित्त, एनआईसी एसिया सेलेक्ट फन्ड, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्तका लगानीकर्ताले गुमाएका छन्।
हिमालयन रि इन्स्योरेन्सको आज सर्वाधिक १२ करोड ५४ लाखको कारोबार भएको नेप्सेले जनाएको छ।
Shares
प्रतिक्रिया