ad ad

कारोबार


नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १४:४, काठमाडौँ

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को लाभांश घोषणा गरेको छ। 

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश बाँड्ने निर्णय गरेको हो। 

कम्पनीको उक्त आवको वितरणयोग्य मुनाफा ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ छ। कम्पनीले चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७ सय ५० रुपैयाँको उक्त दरले हुने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँबराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुने ३ करोड २० लाख ३३ हजार ८ सय ५९ रुपैयाँ नगद लाभांश घोषणा गरिएको छ। 

घोषणासँगै बैठकले यसलाई स्वीकृतिका लागि अर्थ मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालय र नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको साधारणसभाले यसलाई पारित गनुपर्नेछ। त्यसपछि मात्र सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। 

बैठकले उक्त आवको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डमा आधारित वित्तीय विवरणअन्तर्गत २०८० असारसममको वासलात, नाफा, नोक्सान हिसाब विवरण, नगद प्रवाह, एकीकृत आयव्ययलगायतका विवरण स्वीकृतिका लागि प्राधिकरणमा पठाउने पनि निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .