ad ad

कारोबार


सार्वजनिक जग्गामा सीजी हिल्सको बाटो अदालतबाट सदर

सार्वजनिक जग्गामा सीजी हिल्सको बाटो अदालतबाट सदर

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १५:२४, काठमाडौँ

ललितपुरको भैँसेपाटीमा सीजी हिल्स प्रालिले विकास गरेको हाउजिङका लागि सार्वजनिक जग्गा कित्ताकाट गरेर खोलिएको बाटोलाई अदालतले सदर गरिदिएको छ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको इजलासले गत भदौ ६ गते गरेको निर्णयको पूर्ण पाठ ललितपुर नापी र मालपोत कार्यालयमा पुगेको छ।

ललितपुरको साविक सैबु गाविस वडा नं ६ (ध) कित्ता नम्बर ६५ को सार्वजनिक जग्गालाई तीन टुक्रा पारेर सीजी हिल्सको हाउजिङमा जाने बाटो बनाइएको थियो।

५ रोपनी २ आनाभन्दा बढी रहेको उक्त कित्ताको सार्वजनिक जग्गा खण्डीकरण गर्न नहुने भन्दै स्थानीयले विरोध गरेका थिए। केही स्थानीयले सार्वजनिक जग्गा निजी स्वार्थमा प्रयोग गर्न नपाउने भनी उच्च अदालत, पाटनमा रिट दायर गरेका थिए।

उच्च अदालतले रिट खारेज गरी बाटो सदर गरिदिएको हो। बाटो पनि सार्वजनिक नै भएकाले कित्ताकाट बदर गर्नु नपर्ने तर्क आदेशमा गरिएको छ।

आदेशमा भनिएको छ, ‘कित्ताकाट भई कायम भएका जग्गा व्यक्तिको नाममा दर्ता नभई परापूर्वकालदेखि सार्वजनिक बाटोकै रूपमा प्रयोग भई आएको र हाल पनि बाटोकै रूपमा प्रयोग भई नेपाल सरकारकै नाममा रहे भएको अवस्थामा उक्त निर्णयबाट निवेदकहरूको के कस्तो हकाधिकारमा आघात पर्न गएको हो र नेपाल सरकारलाई के कस्तो नोक्सान पर्न गएको हो? निवेदकले प्रस्ट गर्न सकेको देखिँदैन।’

यस्तै सार्वजनिक जग्गा अतिक्रमण गरेको भनेर रिट दायर गर्ने स्थानीयको उक्त जग्गासँग कुनै सरोकार, हकदैया र अर्थपूर्ण सम्बन्ध नरहेको पनि अदालतको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .