कारोबार


अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो, अरु विदेशी मुद्राको?

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो, अरु विदेशी मुद्राको?

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ५:२३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्दा अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ। 

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा थियो। 

आज बेलायती पाउन्ड १ को खरिददर १६३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९१ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६१ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०७ पैसा  थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .