कारोबार


१६ औँ योजनाले निर्धारण गरेको आर्थिक विकासको लक्ष्य पूरा हुँदैन : महत

१६ औँ योजनाले निर्धारण गरेको आर्थिक विकासको लक्ष्य पूरा हुँदैन : महत

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १२:३६, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन्। 

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे।

आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताउँदै उनले योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुमपा विकास गर्न आवश्यक रहेको पनि बताए। 

‘अब यो आवधिक योजनाको युटिलिटी समाप्त भइसक्यो। त्यसकारण अब यो आयोग योजना आयोगको संरचना छ, यसलाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुमपा आउने दिनमा विकास गर्नेतर्फ सरकार र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्छ। सिरियस थिंक ट्यांकको रुपमा रिसर्च र मनिटरिङको संयन्त्रको रुपमा यसलाई विकास गर्ने हो भने रिसर्चबेस पोलिसी रिकमेण्डसेन छ, त्यसलाई सरकारले कार्यान्वयनमा लिएर जाने तहमा जानुपर्छ,’ उनले भने। 

उनले समृद्ध नेपाल र सुखी नेपाली भनेर घोषणा गरिएको शब्द सुन्दर भए पनि अड्चन र समस्यातिर ध्यान पुग्नुपर्ने बताए।

‘मुल अड्चन नै के देखेको छु भने पोलिटिकल एण्ड ब्युरोकेटीक इन्स्टाब्लिटी। जबसम्म प्रशासनतन्त्रमा पनि स्टाब्लिटी छ, राजनीतिक तहमा पनि इन्स्टाब्लिटी छ। हाम्रो प्रशासनतन्त्रमा जुन सरुवाको एभ्रेज आयु नै पनि सचिव, सहसचिवको हेर्ने हो भने पनि त्यस्तै छ, राजनीतिक तहको आयु हेर्ने हो भनेपनि यसले समग्र हाम्रो ग्रोथ, आर्थिक विकासको लक्ष्य निर्धारण गरेका छौँ, त्यसमा ठूलो इम्प्याक्ट प्रभाव पारिरहेको छ’, महतले भने। 

पूर्वअर्थमन्त्री डा. महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै अर्थिक वृद्धि हुनसक्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .