कारोबार


आयोजनाको भौतिक प्रगति १५ प्रतिशत मात्रै, मन्त्री महासेठले जनाए असन्तुष्टि

आयोजनाको भौतिक प्रगति १५ प्रतिशत मात्रै, मन्त्री महासेठले जनाए असन्तुष्टि

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार १९:३४, काठमाडौँ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको भन्दै कर्मचारीहरुसँग असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीवार नेपाल निजामति कर्मचारी संगठनको क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले यस्तो असन्तुष्टि जनाएका हुन्।

उनले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था भएको बताए। आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भएपनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताए।

मन्त्री महासेठले आयोजनाहरुको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिका अनुसार दु्रत गतिमा काम गर्न निर्देशन दिए।

उनले आयोजनाहरुको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाए। उनले आयोजना प्रमुख र आयोजनामा काम गर्ने कर्मचारीहरु असार मसान्तसम्म कार्यस्थल छोडेर कतै नजान पनि निर्देशन दिए।

उनले कार्यतालिका अनुसार असार मसान्तसम्म परिणाम दिनेगरी काम गर्न निर्देशन दिए।

आयोजना छोडेर अनावश्यक रुपमा सरुवा गर्न वा अन्य कामको लागि काठमाडौंमा रहेका आयोजनाका प्रमुख वा कर्मचारीहरुलाई तत्काल कार्यस्थलका पठाउने सचिव तथा आयोजनाका विभागीय प्रमुखहरुलाई निर्देशन पनि दिए।

आयोजनामा कार्यतालिका अनुसार काम गर्न काठमाडौं नआउने निर्देशन गरेकाले तत्काल कुनैपनि कर्मचारीहरुलाई कतै सरुवा नगर्ने प्रतिवद्धता जनाए। उनले ९८ प्रतिशत कर्मचारी सरुवा नगर्ने उल्लेख गरे।

उप्रधानमन्त्री महासेठले सरकारले निजामति कर्मचारी सम्बन्धी ऐन कर्मचारीहरुको हितमा ल्याउने बताए। उनले उक्त ऐनमा आवश्यक संशोधनको लागि संगठनले कानूनी विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयारी पारेर दिन आग्रह गरे।

उनले तत्काल कर्मचारी ऐन ल्याउने पक्षमा सरकार रहेको बताए।उनले निजामति कर्मचारीहरुलाई प्रतिकुल हुनेगरी ऐन पास नहुने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .