कारोबार


२०३० सम्म १ अर्ब पाउन्ड नेपाल भित्रिनेछ : राज्यमन्त्री मिचेल, निजी क्षेत्रको विकास मुख्य आवश्यकता : बेन मेलोर

२०३० सम्म १ अर्ब पाउन्ड नेपाल भित्रिनेछ : राज्यमन्त्री मिचेल, निजी क्षेत्रको विकास मुख्य आवश्यकता : बेन मेलोर

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १२:१४, काठमाडौँ

फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका क्षेत्रीय निर्देशक बेन मेलोरले विकासको लागि निजी क्षेत्रको विकास मुख्य आवश्यकता रहेको बताएका छन्। 

गत वर्ष नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको १०० वर्ष पूरा भएको बताउँदै लगानीलाई आकर्षित गर्न कानुन संशोधन गरेकोमा खुसी व्यक्त गरे। 

लगानी सम्मेलनको उद्घाटन सत्रमा भिडियो सन्देशमार्फत बेलायती राज्यमन्त्री एन्ड्रियु मिचेल नेपालको पर्यटन, हाइड्रोपावर, सुचना प्रविधि क्षेत्र र कृषी मुख्य लगानीका क्षेत्र रहेको बताएका थिए। लगानीकर्ताले यी क्षेत्रमा लगानीको लागि हात अगाडि बढाउने बताए। 

२०१२ देखि नेपाल लगानी बोर्डलाई सहयोग गर्दै आएको बेलायती मन्त्रीले बताए। ब्रिटिस इन्टरनेशनल इन्टिच्युसन (बीआइआई)ले नेपालमा १२५ मिलियन पाउन्ड नेपालमा लगानी गर्ने प्रतिद्धता जनाएको बताए। 

राज्यमन्त्री मिचेलले २०३० सम्म १ बिलियन पाउडन्ड नेपाल भित्र्याउन सक्ने गरी ४०० मिलियन पाउन्ड आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .