कारोबार


काठमाडौंमा सीप मेला हुँदै, एक महिनामा २०८१ जनाले रोजगारी पाउने

काठमाडौंमा सीप मेला हुँदै, एक महिनामा २०८१ जनाले रोजगारी पाउने

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १७:४७, काठमाडौँ

काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ।

काठमाडौं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा भोलि (वैशाख १९ गते) बाट सो मेलाको आयोजना गर्ने भएको हो।

मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताए।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारे।

उपमेयर डंगोलले भनिन्, ‘सीप मेला। सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौं। त्यो उद्देश्य स्वरुप सीप मेला भने भोलि शुभारम्भ हुँदैछ।’

उनले थपिन्, ‘त्यसको साथसाथै हामीले शिक्षा बढेका कुराहरुलाई सीपसँग जोड्नुपर्छ। र सीपलाई भने श्रमसँग जोड्नुपर्छ। र श्रमलाई बजारसँग जोड्नुपर्छ। यसरी जोडदै जानुपर्छ भनेर सीप मेलाको अवधारण अघि सारेका छौं। र त्यसबाट भने हामीले तीन वटा मुख्य कामलाई प्राथमिकतामा राखेका छौं।’

मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन्। सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .