कारोबार


हिजो ७ सय घटेको सुनको भाउ आज तोलामा १ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार?

हिजो ७ सय घटेको सुनको भाउ आज तोलामा १ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपालखबर
जेठ २, २०८१ बुधबार ११:३७, काठमाडौँ

हिजो घटेको सुनको मूल्य आज तोलामा एक हजारले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३८ हजार चार सय कायम भएको छ।

मंगलबार छापावाल सुन १ लाख ३७ हजार ४ सय रुपैयाँमा र तेजाबी सुन १ लाख ३६ हजार ७ सय ५० रुपैयाँ थियो। आज तेजाबी सुनको मूल्य १ लाख ३७ हजार ७५० कायम भएको छ।

त्यसैगरी चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ। हिजो १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ७४५ कायम भएको महासंघले जनाएको छ।। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad