नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, बालुवाटारले सिरिज वि.सं. २०७५ (नोटको अग्रभागमा लेखिएको) अथवा २०१९एडी (नोटको पृष्ठभागमा लेखिएको) नोटमा आठवटा सुरक्षण विशेषताहरुबारे जानकारी दिएको छ।
बैंकका अनुसार उक्त सिरिजभन्दा अघिल्ला रु. १०० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु केही फरक रहेका छन् ।

यी हुन् विशेषता
१) पानीछाप :
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा लालीगुराँसको पानीछाप स्पष्ट देखिन्छ।
२) सी थ्रु रजिष्टर :
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अक्षर एनआरबी स्पष्ट र पूर्ण रुपमा मिलेको देखिन्छ ।
३) सुरक्षण धागो :
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अक्षर एनआरबी र अंक १०० देखिन्छ। नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो रहेको छ।
४) महसुस हुने मसी :
नोटको अग्रभागमा छापिएका वाक्यांशहरुलाई छाम्दा उठेको महसुस हुन्छ।
५) फरक क्षमता भएका दृष्टिविहीन मैत्री विशेषता :
नोटमा रहेको एकवटा गोलाकार थोप्लालाई छाम्दा उठेको महसुस हुन्छ ।
६) इम्बोस प्रिन्ट :
नोटमा मायादेवीको आकृति भएको स्थानमा छाम्दा उठेको महसुस हुन्छ ।
७) रङ्ग परिवर्तन हुने सुरक्षण धागो :
नोटमा रहेको सुरक्षण धागोलाई सामान्य अवस्थामा हेर्दा रातो रङ्गको र ढल्काएर हेर्दा हरियो रङ्गको देखिन्छ ।
८) रङ्ग परिवर्तन हुने इम्बोस प्रिन्ट :
नोटमा मायादेवीको आकृति भएको स्थानलाई ढल्काएर हेर्दा चाँदी रङ्गको देखिन्छ ।

प्रतिक्रिया