बितेको २४ घण्टामा कोरोना संक्रमित दोब्बरले बढ्दा त्यहाँ आइतबारसम्म कोरोनाबाट संक्रमितको संख्या ५५६ पुगेको छ।
४८ घण्टाको अवधिमा कोरियामा ३५० जना संक्रमित भएका छन्।
आइतबार डेग्यु क्षेत्रका मेयरले डेग्यु र जियोङस्याङ प्रान्तका मानिसहरुलाई चहलपहल कम गर्न आग्रह गरेका थिए। मेयर क्वन योङ–जिनले भनेका थिए,‘डेग्यु र उत्तरी जियोङस्याङ प्रान्त कोरोनाबाट अतिप्रभावित क्षेत्र हो।‚
शनिबार राति प्रधानमन्त्री चुङ से–क्युनले सर्वसाधारणलाई सरकारसँग समन्वय गर्न आग्रह गरेका थिए।
उनले कोरोनाको संकेतहरु देखा परे घरमा नलुक्न र अस्पताल जान आग्रह गरेका छन्।
आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।
मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।
चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

प्रतिक्रिया