राजनीति


परिक्रम उदघाटन गर्दै धर्मशाला बनाउने र मिथिलाविहारी परिषद गठन गर्ने प्रचण्डको उद्घोष

परिक्रम उदघाटन गर्दै धर्मशाला बनाउने र मिथिलाविहारी परिषद गठन गर्ने प्रचण्डको उद्घोष

शैलेन्द्र महतो
फागुन ११, २०७६ आइतबार ७:५१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले १५ दिने मिथिला मध्यमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने उद्घोष गरेका छन्।

परिक्रमाको आइतबार बिहान उदघाटन गर्दै अध्यक्ष प्रचण्डले प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजिक धर्मशाला बनाउने घोषणा गरेका हुन्।

‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । यस कारण यहाँ धर्मशाला बनाउन पार्टीको तर्फबाट र मेरो तर्फबाट तपाईंहरुलाई पूर्ण सहयोग रहन्छ’, उनले भने, म सम्भव भएसम्मको सहयोग गर्न तयार छु । कुनै कुराबको कमी रहन दिन्न।’

मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतको लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानामा ठूलो योगदान पुर्याइरहेको बताए। आफू पहिलो पटक प्रधानमन्त्री रहेको बेला पनि परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै प्रचण्डले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

१५ दिनसम्म चल्ने मिथिलाञ्चलको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी स्थित मिथिलाबिहारीको मन्दिरबाट प्रारम्भ हुने गर्दछ। आइतबारदेखि हुने परिक्रमा प्रारम्भ गर्न प्रचण्ड हेलिकप्टरबाट मिथिलाविहारीको मन्दिर आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad