ad ad

कारोबार


अब सौरहाका सडकमा स्ट्रिट नम्बर, पर्यटक होटल नपुग्ने समस्या हट्ने

अब सौरहाका सडकमा स्ट्रिट नम्बर, पर्यटक होटल नपुग्ने समस्या हट्ने

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १८:१९, काठमाडौँ

पर्यटकीय गन्तव्य सौरहामा सडकमा स्ट्रिट नम्बर राख्न थालिएको छ। होटलमा पुग्न पर्यटक अलमल भएसँगै स्ट्रिट नम्बर राख्न थालिएको हो। 

पर्यटन बोर्ड, होटल संघ नेपाल, क्षेत्रीय होटल संघ र यूएनडीपीको सहयोगमा बोर्ड राख्न थालिएको छ। 

क्षेत्रीय होटल संघका सचिव महेश खनालले पहिलो चरणमा रत्ननगरका वडा नम्बर ५ देखि ८ सम्म नम्बर राखिँदै छ। 

‘पहिलो चरणमा सौरहाको रिङरोडमा स्ट्रिट नम्बर राख्छौँ’, सचिव खनालले भने, ‘करिब ५० वटा स्ट्रिटमा बोर्ड राख्छौँ। यसले सौरहा आउने पर्यटकले होटल तथा रेस्टुरेन्ट पुग्न सहज हुन्छ।’

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा स्ट्रिट नम्बरअनुसार पर्यटक पुग्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .