कारोबार


सुनको भाउ ८० हजार ३ सय प्रतितोला पुग्यो

सुनको भाउ ८० हजार ३ सय प्रतितोला पुग्यो

नेपालखबर
फागुन १२, २०७६ सोमबार ६:५७,

नेपालमा सुनको भाउ ८० हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको छ। छापावाल सुनमात्र हैन, तेजाबी सुन पनि आज ८० हजार रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको भाउ पनि आज ९ सय २५ रुपैयाँ प्रतितोला पुगेको छ।

आज भएको सुनको कारोबार इतिहासकै बढी मूल्यको भएको महासंघले जनाएको छ।

अघिल्लो दिन आइतबार छापावाल सुन ७८ हजार ८ सय र तेजाबी सुन ७८ हजार ५ सय रुपैयाँ तथा चाँदी ९ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

यसअघि शुक्रबार क्रमशः सुन र चाँदीको भाउ ७८ हजार १ सय, ७७ हजार ८ सय र ९ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad