कारोबार


वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै

वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै

नेपालखबर
जेठ २३, २०८१ बुधबार २०:५१, काठमाडौँ

सरकारले वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै गर्ने भएको छ।

परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले बिहीबार (जेठ २४ गते) एक कार्यक्रम गरी सो सम्बन्धी सेवा सुरु गर्ने जनाएको छ।

विभागले बुधबार सूचना प्रकाशित गरी ‘विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरणका लागि भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरुप सूचना प्रविधिको प्रयोग मार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रकृया नेपाली राजदूतावास, अबुधाबीबाट सुरू हुन लागेको’ जनाएको छ।

सो को शुभारम्भ काठमाडौंस्थित कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरको हलबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसमेतको उपस्थितिमा गर्ने विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad