कारोबार


सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो

सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १२:६, काठमाडौँ

सुनको मूल्य बिहीबार स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ६ सय रुपैयाँले बढेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

योसँगै छापावाल सुन १ लाख ४१ हजार ६ सय, तेजाबी सुन १ लाख ४० हजार ९ सय रुपैयाँमा किनबेच हुँदा चाँदीको भने प्रतितोला १० रुपैयाँले मूल्य घटेको छ। 

चाँदी आज १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ३ सय १२ अमेरिकी डलर र चाँदी २९.२३ डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad