सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विकास निर्माण निर्देशनालयले गरेका कामहरूको जानकारी दिँदै निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झाले सो कुरा बताएका हुन्।
सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ। सो सडकको कूल लम्बाई दुई सय ७४ किलोमिटर रहेको छ। सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग–घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर सडक निर्माण गरिरहेको छ।
पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी रवीन्द्र खत्री, शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुन, काठमाडौँ–तराई–मधेस द्रूतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेल, विकास निर्माण निर्देशनालयका निर्देशक महासेनानी धर्मेन्द्रकुमार झालगायतले आआफ्नो जिम्मेवारी क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए। रासस
Shares

प्रतिक्रिया