कारोबार


उडान अनुमतिबिनै आएको थाई एयर एसियाको जहाजलाई अन्ततः अवतरण गर्न दिइयो

उडान अनुमतिबिनै आएको थाई एयर एसियाको जहाजलाई अन्ततः अवतरण गर्न दिइयो

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १५:१४, काठमाडौँ

मानवीय आधारमा थाई एयर एसियाको जहाजलाई काठमाडौंमा अवतरण गर्न दिइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले यात्रु बोकेर आएको उक्त जहाजलाई अनुमति नहुँदा पनि मानवीय आधारमा अवतरण गर्न दिइएको जानकारी दिए। 

उनले भने, ‘यात्रु बोकेर आएको रहेछ। उसको अनुमति समरभरलाई थियो जुन हिजो सकियो। विन्टर अनुमति लिएको छैन। मानवीय आधारमा ल्यान्ड गर्न दियौँ।’

अनुमतिबिना आएको उक्त जहाजले काठमाडौंको आकाशमा निकैपटक फन्को मारेको थियो। अन्ततः विमानस्थलले अवतरण गर्न दिएको हो।

बैंककबाट आएको थाई एयर एसियाको एफडी१८२ उडान झण्डै आधा घण्टा आकाशमै घुमेपछि २ः३८ मा अवतरण गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad