सेञ्चुरी कमर्सियल बैंकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्यशिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा बुधबार सो कार्यक्रम सम्पन्न भएको हो।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो।
बैंकका संचालक समितीका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको वार्षिक कार्यक्रममा बैंकले महेन्द्र माध्यामिक विद्यालय हेलम्बु -६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ। त्यसैगरी बैंकले ‘आवर चाइल्ड केयर’ अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।

प्रतिक्रिया