दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले पत्रकार सम्मेलन गरेर आफ्नो राजनीतिक योजना सार्वजनिक गरेका छन्।
बिहीबार चेन्नइमा पत्रबकार सम्मेलन गरेर उनले आफ्नो राजीतिक योजना सार्वजनिक गरेका हुन्। उनले आफू राजनीतिक पार्टी बनाउँने र जसमा सरकार र पार्टीले छुट्टै काम गर्ने बताए। उनले आफू पार्टीको नेतामात्रै हुने तर मुख्यमन्त्री मुख्यमन्त्री नहुने खुलासा गरे।
उनले शीर्ष नेताले पार्टी सम्हाल्ने र पार्टीमा जिम्मेवार भूमिकामा रहेको व्यक्ति सरकारमा नजाने बताए।
‘१९९६ देखि नै म राजनीतिमा आउने योजना बनाएको थिए। २०१७ मा मैले राजनीतिमा प्रवेश गर्दैछु भनेर घोषणा गरेको थिए’, उनले भने, ‘म २५ वर्षदेखि राजनीतिमा आउन कोशिस गरिरहेको थिएँ भनेर नबुझिदिनुहोला।’
उनले आफू शिक्षित युवाहरुलाई मौका दिन चाहेको बताएका छन्। उनले जनता सधै परिवर्तनको पक्षमा रहेको र आफ्नो दलले जनताको अपेक्षा पूरा गर्ने समेत बताए।
उनले आफू मुख्यमन्त्री नबन्ने भन्दै अगाडि भने, ‘जो मुख्यमन्त्री बन्छ ऊ पार्टीको जिम्मेवारीमा रहने छैन। म पार्टीको नेता हुन्छु, मुख्यमन्त्री बन्दिनँ।’ उनले शिक्षित व्यक्ति नै मुख्यमन्त्रीको उम्मेदवार हुने र उनी तामिलनाडु प्रदेशकै हुने स्पष्ट पारे।
उनले सरकारले केही गलत गरे पार्टीले सरकारलाई प्रश्न सोध्ने र पार्टीले पनि सरकारको मार्गनिर्देश गर्ने कार्य गर्ने बताए। ‘हामीले तमिलनाडुका लागि तयार गरेको योजनाका बारेमा जनता बीच जान्छौं।’
पत्रकार सम्मेलनमा रजनीकान्तले आफ्नो राजनीतिक पार्टीको नाम र घोषणा गर्ने मितिका बारेमा भने केही पनि बताएनन्।

प्रतिक्रिया