म्यानहन्ट इन्टरनेशनलको २९औ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि नेपाली युवाले जितेका छन्। प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित कार्यक्रममा उपाधि हात पारेका हुन्।
डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्र्केिटङ्गप्रमुख उपेन्द्र प्रधान र मार्केटिङ्ग प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धिका लागि बधाई दिनुका साथै सम्मान प्रदान गरेका थिए।
सोही कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेर एमओयूमा हस्ताक्षर गरेका छन्।
श्रेष्ठले प्रतियोगिताको अनुभवहरु सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरुमध्ये यो उपाधि जित्दा आफुलाई गर्व महसुस भएको कुरा बताए।
उनले आफूलाई यस यात्रामा साथदिने सबै जनामा कृतज्ञता ज्ञापन गरेका छन्। यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरेका छन्।
विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रुपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएका छन्।
यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपालको सातौ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर्ससंग संयुक्त रुपमा सञ्चालन गर्न लागेको छ।
यस कार्यक्रमको फिनाले यही आउँदाे १२ चैत २०७६ मा हुन गइरहेको छ।

प्रतिक्रिया