कारोबार


६ दिनपछि स्वदेश फर्कंदै भौतिक पूर्वाधारमन्त्री दाहाल

६ दिनपछि स्वदेश फर्कंदै भौतिक पूर्वाधारमन्त्री दाहाल

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १४:९, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियादबाट आज (बुधबार) स्वदेश फर्कंदै छन्।

सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर अपह्रान्ह सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले बताएको छ। 

इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल भएको  छ। 
 
रियादमा २ देखि ४ नोभेम्बर सम्म भएको सडक सुरक्षासम्बन्धी सम्मेलनका लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दाहाल त्यसतर्फ गएका थिए। 
 

मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad