कारोबार


वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, के के छन् सुविधा?

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, के के छन् सुविधा?

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १३:५३, काठमाडौँ

ई–कमर्स प्लेटफर्म दराजले बहुप्रतीक्षित सेल दराज ११.११को आयोजना गर्दै छ। 

नेपालमा वर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको हो। 

कम्पनीका अनुसार यस सेलमा थप आकर्षणमा फ्ल्यास सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरुका साथै अविश्वसनीय छुटलगायत सुविधाहरु समेत उपलब्ध हुनेछन्।

‘ग्राहकहरुको वर्षभरको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले ग्राहकहरुलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ’, प्रबन्धनिर्देशक आँचल कुँवरले भनिन्, ‘यस सेलले ग्राहकहरुका लागि अप्रत्याशित छुटहरु उपलब्ध गराउनुका साथै हजारौं स्थानीय बिक्रेताहरुलाई आफ्ना पृथक् उत्पादनहरु प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ।’ 

उनले बृहत् सञ्जालमार्फत देशभरका उपभोक्ताहरुमाझ तिनका पृथक् उत्पादनहरु उपलब्ध गराउन तथा उपभोक्ताहरुलाई स्थानीय ब्राण्डहरुको उत्कृष्ट सामानहरू खोज्न सघाउने विश्वास रहेको बताइन्। 

विविध सामग्रीहरुका विस्तृत श्रृंखला र ब्राण्डेड उत्पादनहरुमध्ये विशाल छनौटको अवसरसँगै दराज ११.११ किनमेलको लागि एक अतुलनीय गन्तव्य हो। यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सातवटा डाइमन्ड ब्राण्ड पार्टनरहरु राखेको दराजले जनाएको छ। जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन्। प्लेटिनम पार्टनरहरुमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्राण्ड पार्टनरहरुमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन्।

यसैगरी, दराजले १० बैंक र २ वालेट पार्टनरहरुसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २५ सय रुपैयाँसम्मको छुटहरु प्रदान गर्ने व्यवस्था पनि गरेको छ। यी बैंकका डेबिट कार्डहरु मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरुले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म, प्राप्त गर्नसक्ने दराजले जानकारी दिएको छ। साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम २५ सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

ग्राहकहरु नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंकमार्फत उपर्युल्लिखित छुट पाउन सक्नेछन्। त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरुले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन्।

यी रोमाञ्चक अफरहरुका साथै, यस अभियान मार्फत दैनिक रुपमा रु. ११, रु. १११ र ११११ रुपैयाँका डिलहरु पनि सेलमा रहनेछन् । खरिदकर्ताहरुले रु. ६९९, रु. ९९९, रु. १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरुले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad