कला


अमेरिकाको टम पेटी फेस्टिवलमा नेपाली गायिका आश्रा कुँवरको पनि प्रस्तुति

अमेरिकाको टम पेटी फेस्टिवलमा नेपाली गायिका आश्रा कुँवरको पनि प्रस्तुति

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १४:५, काठमाडौँ

अमेरिकामा हुने प्रतिष्ठित टम पेटी फेस्टिवलमा नेपालकी आश्रा कुँवरको पनि प्रस्तुति रहने भएको छ।

नेपालका तर्फबाट प्रस्तुति दिन आयोजकले निम्ता गरेपछि उनी प्रस्तुतिका लागि तयार भएकी हुन्।

आश्रा कुँवर एन्ड द पाराबल्स नामक सांगीतिक समूहकी प्रमुख गायिका एवं गीतकार हुन्, उनी। साथै युनिभर्सिटी अफ फ्लोरिडाबाट पर्यावरणीय समाजशास्त्रमा विद्यावारिधि गर्दै छिन्। नेपालमा उनको घर ललितपुरको भैँसेपाटी हो।

उनको प्रस्तुति शनिबार अपरान्ह हुने तालिका छ। अमेरिकाको गेनेस्भिलको हार्टवुड साउन्डस्टेजमा बिहीबार सुरू भएको महोत्सव आइतबार सकिनेछ।

रकस्टार टम पेटीको जन्मजयन्तीमा हुँदै आएको यस कार्यक्रममा प्रस्तुतिका लागि आमन्त्रित हुने आश्रा पहिलो नेपाली कलाकार हुन्।

निमन्त्रणा प्राप्त गरेपछि उनले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छन्।

‘अन्तर्राष्ट्रय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मेरो सपना एक हदसम्म साकार भएको छ, म निकै गौरवान्वित छु,’ उनको भनाइ छ।

आश्राले आफ्ना मौलिक नेपाली रक गीतहरू आभास, बोधिवृक्ष आदिका साथै केही टम पेटीका कभरहरू प्रस्तुत गर्नेछिन्। उनलाई एक अमेरिकी ब्यान्डले पनि साथ दिनेछ। 

तस्बिर : आश्रा कुँवर/फेसबुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad