कर्णाली


बाँकेमा बस दुर्घटना हुँदा ५ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा ५ जना घाइते

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १४:९, काठमाडौँ

बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित पन्ध्रखोला भन्ने ठाउँमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु २ ख ५७८५ नम्बरको बस शुक्रबार बिहान ११ः३५ बजे दुर्घटना भएको हो। 

प्रहरीका अनुसार, गाडीको पछाडिको टायर पन्चर भएर सडकको दायाँतर्फ पल्टिएको थियो। घटनामा परी घाइते हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–१ का अन्दाजी ३६–३६ वर्षका टीका घर्ती, बाँकेको कोहलपुर नगरपालिका–११ का अन्दाजी ४२ वर्षीय अलि बहादुर शाही, जुम्लाको पातारासी–५ का अन्दाजी ४४ वर्षीया सुशिला बुढा र सोही ठाउँका अन्दाजी ३१ वर्षीय अमकली बुढा र बर्दियाको बाँसगढी–३ का २० वर्षीय गिता परियार रहेका छन्। 

उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad