सेयरबजारमा आज ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको दिन उक्त कारोबार भएको हो।
नेप्सेका अनुसार २ करोड कित्ता बिक्री भएको छ।
यसअनुसार ७० वटा सेयरको मूल्य बढ्दा १६३ वटाको घटेको र ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। मूल्य १० प्रतिशतले बढ्दा यी कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ५३९.७० रुपैयाँ र ३६२.३० रुपैयाँ कमाएका छन्।
आज गुराँस लघुवित्त ७.३२ प्रतिशत, प्रभु बैंक ५.८६ प्रतिशत र कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले ५.०५ प्रतिशत कमाएका छन्।
गिरावटतर्फ आज ३ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक लिमिटेडको सेयर १० प्रतिशतले घटेको छ। त्यस्तै जोशी हाइड्रोपावर ९.९९ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ९.४४ प्रतिशतले सेयर मूल्य घटेको छ।
आज सबैभन्दा बढी प्रभु बैंकको ५० करोडको र जानकी फाइनान्सको २२ करोडको सेयर कारोबार भएको छ। सपोर्ट माइक्रोफाइनान्सको १५ करोड, कुमारी बैंकको १४ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया