कारोबार


विकास बैंकहरूको सेयरमा नकारात्मक सर्किटको लहर, कुनको कति घट्यो?

पहिलो कारोबार दिनमै घट्यो सूचक, ५ अर्बको कारोबार
विकास बैंकहरूको सेयरमा नकारात्मक सर्किटको लहर, कुनको कति घट्यो?

नेपालखबर
पुस १४, २०८१ आइतबार १५:२१, काठमाडौँ

साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा पुगेको हो। 

सूचक घटे पनि कारोबार भने ५ अर्ब ४७ करोड बढीको भएको छ। १ करोड १० लाख कित्ता बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। 

आजको कारोबारमा ६९ वटा सेयरको मूल्य बढ्दा १७२  वटाको घटेको र २ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आज महिला लघुवित्तका सेयरधनीले १० प्रतिशत अर्थात् २२३.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। यसबाहेक आत्मनिर्भर लघुवित्त, मानुषी लघुवित्त, सृजनशील लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ताले पनि कमाएका छन्। 

तर विकास बैंकहरुको सेयर भने ह्वात्तै घटेका छन्। 

आज सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, सिन्धु विकास बैंकको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। 

यी कम्पनीको सेयर घट्दा लगानीकर्ताले क्रमशः प्रतिकित्ता ३९८.५०, ११५.६०, ९६.९०, ९२.६०, ८४.६० रुपैयाँ गुमाएका छन्। 

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषित गर्दै व्यवस्थापन नियन्त्रणमा लिएयता विकास बैंकहरुको सेयरमा त्यसको प्रभाव देखिएको हो। 

कारोबारका दृष्टिले आज प्रभु बैंकको सबैभन्दा बढी २६ करोडको, जानकी फाइनान्सको १६ करोडको, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad