कारोबार


ग्लोबल आईएमई बैंकले पुस १८ गते सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

ग्लोबल आईएमई बैंकले पुस १८ गते सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

नेपालखबर
पुस १६, २०८१ मंगलबार १९:१९, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

यही पुस १८ गते विहीबारदेखि ग्लोबल आईएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ।  

उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको जनाएको छ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन्।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

बैंकले सबै प्रदेशहरूमा यहि पुस महिनामा उक्त शिविरहरु सञ्चालन गर्नेछ। जस अन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगरपालिका वडा नं ११ मकवानपुर स्थित सरस्वती टोल हलमा पुस १८ गते बिहीबार, मधेश प्रदेशमा कलैया उपमहानगरपालिका वडा नं. १, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वत स्थित भुक स्वास्थ्य चौकीमा पुस २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङ स्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा पुस २१ गते सोमबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ।

यस्तै, लुम्बिनी प्रदेशमा सैनामैना नगरपालिका वडा नं. ११, रुपन्देही स्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पुस २३ गते बुधबार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेत स्थित दौलाटपुर स्वास्थ्य चौकीमा पुस २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलाली स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा पुस २८ गते सोमबार स्वास्थ्य शिविर हुनेछ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad