उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा साक्षरता अभियानलाई तीब्र बनाउन आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बिमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्यून आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बिमा सेवाको पहुँच पुर्याउन बिमा साक्षरता अभियानलाई तीब्र बनाउनुपर्नेमा जोड दिएका हुन्।
अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गरे। उनले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशील समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशील रहेको बताए।
उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बिमा, लघु बिमा, कृषि बिमा, सहुलियतपूर्ण कर्जाको किमा बिस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र सीघ्र दाबी भुक्तानी प्रणालीको तिब्र बिस्तार, बिमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताए।
उनले भने, ‘बिमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्यून आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बीमा सेवाको पहुँच पुर्याउन बिमा साक्षरता अभियानलाई तीब्र बनाउनु आवश्यक छ। सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच बिस्तार र सेवाको प्रभावकारिता बढाउन चाहन्छ।’
अर्थमन्त्री पौडेलले बिमा क्षेत्रको प्रवर्द्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताए।
Shares

प्रतिक्रिया