फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज पनि काउली, फर्सी, गोलभेँडा, मुला, सागसहित धेरैजसो तरकारीको मूल्य अन्य तरकारीको दाँजोमा कम छ। आज कालीमाटीमा धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
तर, कालीमाटीमा तरुल भने महँगिएको छ। तरुल थोकमै प्रतिकिलो ११० रुपैयाँमा किनबेच भइरहेको छ।
त्यसैगरी कालीमाटीमा आज पिँडालु ८५, लोकल गोलभेँडा २२, तराईको बन्दा १७, स्थानीय काउली २०, तराईको काउली १७ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी हरियो फर्सी १५, स्कुस ३५, रायोको साग १५, कन्य च्याउ १००, डल्ले च्याउ ३५०, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो सानो गोलभेँडा २२, सानो भारतीय गोलभेँडा ३०, रातो आलु ४५, भारतीय रातो आलु ४३, भारतीय सुकेको प्याज ६७, लोकल गाँजर ७५, तराईको बन्दा १७, स्थानीय काउली २०, तराईको काउली १७ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी रातो मुला २५, सेतो मुला २७, हरियो फर्सी २०, पाकेको फर्सी ४५, रायोको साग १५, कन्य च्याउ ११०, डल्ले च्याउ ३७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।
Shares

प्रतिक्रिया