कारोबार


दयाहाङको फिल्म ‘कार्साङ’ले कति कमायो?

दयाहाङको फिल्म ‘कार्साङ’ले कति कमायो?

नेपालखबर
माघ ३, २०८१ बिहिबार ११:४४, काठमाडौँ

गत शुक्रबारदेखि नेपाली सिनेमाहलमा दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’ प्रदर्शनरत छ। निर्माणटिमले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ। 

सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ। माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको बताइएको छ। बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ। 

फिल्मका कलाकार अहिले प्रचारका क्रममा पूर्वी नेपालमा छन्। हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन्।

यम शेर्पाले ‘कार्साङ’बाटै निर्देशनमा डेब्यु गरेका हुन्। यस फिल्ममा दयाहाङसहित सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad